बिभिन्न दलहरुको चुनावी घरदैलो सम्पन्न



भाद्र २५ बीरगंज वीरगन्ज महानगरपालिकाको वडा नब्मर २४ रामगढ़वा बहुअरीमा आज संघीय समाजवादी फोरम नेपालको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ । फोरम नेपालको तर्फबाट वीरगन्जको मेयरका उम्मेदवार विजय कुमार सरावगी र उपमेयरको उमेदवार पिंकी यादवको नेतृत्वमा भएको चुनावी घरदैलो कार्यक्रममा वडा नंबर २४ को वडा अध्यक्षका उम्मेदवार मुमताज आलम, फोरम नेपालको केन्द्रिय सदस्यहरु करिमा बेगम र फिरोज मन्सुर, नगर अध्यक्ष मुकेश द्विवेदी, उपाध्यक्ष घनश्याम गुप्ता, युवा नेता तबरेज अहमद, दिपु कलवार, युवा नेता नासिर खान, विद्यार्थी नेता निखिल वर्णवाल, रोहित वर्णवाल लगायातको सहभागीता रहेको थियो ।
यस्तै पर्साको पोखरीया नगरपालिका वडा नंबर ४ मा पनि आज संघिय समाजवादी फोरम नेपालले चुनावी घरदैलो कार्यक्रम गरेको छ । फोरम नेपालको तर्फबाट वडा नंबर ४ को वडा अध्यक्षका उम्मेदवार भरत साह तेलीको अगुवाईमा भएको घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार अमिन मिया , बिरजा चौहान , दलित महिला सदस्य दुखनी देवी चमईन् लगायतको सहभागीता रहेको थियो ।
यसैबीच पर्साको पकहामैनपुर गाउपालिकामा आज नेपाली कांग्रेसले चुनावी घरदैलो कार्यक्रम सम्पन गरेको छ । पकाहामैनपुर गाउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हरि प्रसाद चौहानको नेतृत्वमा वडा नंबर १ धोरेमा आज चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको हो । घरदैलो कार्यक्रममा उप–प्रमुखकी उम्मेदवार कुमारी अन्नपुर्णा पाण्डे ,वडा नंबर १ को अध्यक्षका उम्मेदवार अनिल प्रसाद कोईरी ,वडा नंबर ४ का उम्मेदवार ढेडी प्रसाद यादव,कांग्रेस नेता जोधा कुशवाहा, महासमिति सदस्य बाबुलाल मेहता, विरेन्द्र पटेल ,रामा यादव , वीरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।
यसैविच बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ३ लिपनिमालमा आज नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ । एमालेका तर्फबाट परवानिपुर गाउँपालिकाको प्रमुखका उम्मेदवार राम क्षेत्री पटेल र उपप्रमुखकी उम्मेदवार सुगान्धी देबिको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा वडा नम्बर ३ को वडा अध्यक्षका उम्मेदवार इब्राहिम मिया , नेता रामपाल यादव , नविन यादव ,सोचन यादव, उमेश गुप्ता , शिवजि गुप्ता ,मोबिन आलम ,गजेन्द्र पटेल ,मैनुदिन मिया लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन