निर्वाचन पनि आन्दोलनकै एक स्वरुप भएको फोरम राष्ट्रिय अध्यक्ष यादवको भनाई



भाद्र २७ बीरगंज संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले निर्वाचन पनि आन्दोलनकै एक स्वरुप भएको बताउनु भएका छ । बाराको सिम्रौनगढमा मंगलबार फोरम नेपालले आयोजना गरेको चुनावीसभालाइ सम्बोधन गर्दै अध्यक्ष यादवले अधिकार प्राप्तिको संघर्षको साथसाथै गाउँ नगरको बिकास र सम्बृधि पनि आवश्यक रहेकाले स्थानीय तहको निर्वाचनलाई आफनो दलले आन्दोलनकै रुपमा लिएको बताउनु भयो । अहिलेको स्थानीय तह निर्वाचन गणतन्त्र प्राप्ति पछिको पहिलो चुनाव भएको भन्दै उहाले सरकारले भने यो निर्वाचनलाइ गलत ढङगले लिएको बताउनु भयो । संघीय प्रणालीमा पहिले केन्द्रको , त्यसपछि प्रदेशको र अन्त्यतमा स्थानीय तहको निर्वाचन गर्ने विश्व व्यापी मान्यता रहेको भएपनि नेपालमा भने ठिक यस्को उल्टो भइरहेको अध्यक्ष यादवले बताउनु भयो । स्थानीय तहलाइ कब्जामा लिने नियत राखेर नै सरकारले पहिला स्थानीय तहको निर्वाचन गराइरहेको भन्दै फोरम नेपालका अध्यक्ष यादवले सरकारको यो षडयन्त्र भने फोरम नेपालले सफल हुन नदिने दाबी गर्नु भयो । खसवादीहरुको सरकारले मुलुकको आर्थिक , स्वास्थ्य र शिक्षा नीति खतम पारीदिएको भन्दै उहाले सयौं सरकारी उद्योग कलकारखानाहरु निजिकरण गरेर लाखौ मजदुरहरुलाई बेरोजगार बनाएको आरोप लगाउनु भयो । फोरम नेपालको सिम्रौनगढ नगर कमिटीका अध्यक्ष अशोक कुशवाहाको अध्यक्षतामा भएको चुनावी सभालाइ केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादव, सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार पन्नालाल कुशवाहा लगाएतकाले पनि सम्बोधन गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन