सुन चाँदीका गहनासिहत पर्सामा एक भारतीय नागरिक पक्राउ
बीरगंज असोज २३
पर्सामा एक भारतीय नागरिक सुन चाँदीका गहनासिहत पक्राउ परेका छन । पर्साको भिस्वामा रहेको सीमा प्रहरी चौकीले सुन र चाँदी सहित भारतको सीमावर्ती बजार सिक्टा निवासी पवन कुमार सर्राफलाई पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले सुन र चाँदीको करिब २ किलो गहना बरामद गरेको छ।उनी लामो समयदेखि पर्साका ग्रामीण बस्तीहरुमा सुन र चाँदीका गरगहना बिक्रि गर्दै आईरहेको स्थानीयले बताएका छन् । सर्राफलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।