वीरगञ्ज वडा नंबर १४ का नवनिर्वाचित जनप्रतिनीधिहरुले पदभार ग्रहण गरे
बीरगंज असोज २३
वीरगञ्ज महानगरपालिका वडा नंबर १४ का नवनिर्वाचित जनप्रतिनीधिहरुले सोमबार पदभार ग्रहण गरेका छन् । असोज दुई गते सम्पन्न भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनीधिहरुले आज पुजापाठ गरेर कार्यभार सम्हालेका हुन् । संघिय समाजवादी फोरम नेपालका तर्फबाट निर्वाचित वडा अध्यक्ष भरत प्रसाद कुर्मी तथा सदस्यहरु राजन देवि राम, गायत्रि देवि, रफिक अन्सारी र सञ्जय पटेलले कार्यभार सम्हालेको वडा सचिव राजकुमार सिंहले जानकारी दिनुभयो । कार्यभार सम्हाले लगत्तै बसेको बैठकले वडाको सरसफाई, धारा तथा बिजुलीबत्ति व्यवस्थापन र सडक नाला निर्माण तथा मर्मत संभार गर्ने विषयमा तीन बुँदे निर्णय समेत गरेको स्थानीय विश्वेश्वर पटेलले जानकारी दिनुभयो ।