तिहार र छठपर्ब नजिकिए सँगै पर्साका डोम समुदायहरुलाई भ्याईन्भयाइ
राम मण्डल असोज २४ बीरगंज तिहार र छठपर्ब नजिकिए सँगै पर्सा जिल्लाका डोम समुदायहरुलाई बाँसका बिभिन्न समानहरु भ्याईन्भयाई छ ।जिल्लाको बीरगंज महानगरपालिका वडा नम्बर ३० लालपर्सा का डोम समुदाय अहिले दिनरात एक गरि तिहार र छठपर्बमा प्रयोग हुने बाँसका बिभिन्न सामग्रीहरु बनाउनमा ब्यस्त रहेका छन ।पहिले अलि फुर्सत नै रहेको तर अहिले ाजिकिदै गरेका तिहार र छठपर्बलाई ध्यानमा राखि आफुहरु बाँसका बिभिन्न सामग्रीहरु बनाउन लागिपरेको सोही वडाका ५५ बर्षीय कैलाश मलिले बताउनुभयो ।वहाजस्तै त्यहा बसोबास गर्ने करिब १० घरपरिवारका बृद्धबृद्धा देखि बालबालिका महिलासम्म बाँसका सामग्री बनाउन ब्यस्त देखिएका छन ।तिहार र छठपर्बलाई ध्यानमा राखेर ती समुदायका सदस्यहरु बाँसका ढकना,सुपा,मौनी लगायतका बाँसका सामग्रीहरु बनाउृन भ्याईन्भयाई छ ।खासगरि तिहार,छठपर्ब लगायत अन्य महत्वपुर्ण चाडहरुमा आफुहरुको कमाई राम्रो हुने गरेको अर्का स्थानीय जितेन्द्र मलिले बताए ।चाडपर्बको बेला आफुहरु मिहिनेत गरि १० देखि ३० हजारसम्मको आम्दानी गर्ने गरेको वहाको भनाई थियो ।