बीरगंज १५ लक्ष्मणवामा करेन्ट लागदा दुई महिलाको मृत्यु
असोज २९ बीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा करेन्ट लागेर दुईजना महिलाको ज्यान गएको छ । आईतबार बिहान करेन्ट लागेर बीरगंज महानगरपालिका १५ लक्ष्मणवा बस्ने ५० बर्षीय कान्ति देबी र सोही स्थान बस्ने ४५ बर्षकी जागो देबी सोनारको मृत्यु ुभएको छ ।आफनो घर सरसफाई गर्ने क्रममा आइतबार बिहान ८ बजे कान्ति देबी पानी लिन चापाकलमा जादा सोमा जडान भएको पानी तान्ने मोटरमा अचानक करेन्ट प्रबाह हुदा उनी घटनास्थलमै भुईमा लडेकी थिईन ।उनी भुईमा लडेको देखेपछि छिमेकी जागो देबीले उठाउन जादा उनलाई पनि करेन्ट लागेको थियो ।मृतक दुबै जनाको शब पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रिय अस्पताल बीरगंजमा राखिएको छ ।