१० औं विश्व हाथ धुने दिवस बीरगंजमा पनि मनाइदै
असोज २९ बीरगंज
‘हाम्रो हाथ हाम्रो भविष्य’ को प्रमुख नाराका साथ १० औं विश्व हाथ धुने दिवस बीरगंजमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।कार्यक्रममार्फत बीरग।जका सर्वसाधारणहरुलाई साबुन पानीले हात धुन सिकाइएको र यसबाट हुने फाईदाहरुको बारेमा जानकारी दिइएको थियो ।नेपाल रेड्क्र्स सोसाइटी र युएन ह्याबिट्याटको सहयोगमा रोट्राय्क्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिस द्वारा घण्टाघरमा आयोजीत हात धुने कार्यक्रमको उदघाटन बीरगंज महानगरपालिका मेयर बिजय सरावगीले हात धोई गर्नुभएको थियो ।राष्ट्रिय स्वास्थ्य शिक्षाका अनुसार राम्रोसँग साबुन पानीले हात धोएमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण, नवजात शिशुको मृत्युदर जस्ता समस्याबाट ४० प्रतिशत बच्न सकिने भएकोले हामी सबैले साबुन पानीले हाथ धोएर मात्रै सम्पुर्ण कार्यहरु गर्नु पर्ने कुरामा मेयर सरावगीले जोड दिनुभएको थियो ।कार्यक्रममा जिल्ला जनस्वास्थ्यका प्रमुख श्री राजकिशोर पण्डित ज्यु, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक श्री दिपक साहि ज्यु, शस्त्र प्रहरीका प्रहरी उपरीक्षक श्री ज्ञानेन्द्र सिंह ज्यु, नेपाली सेनाका श्री यसलाल चौधरी ज्यु, युएन ह्याबिट्याटका डि। सि। श्री सरोज चौरसिया ज्यु, जिल्ला खानेपानीका श्री उपेन्द्र ठाकुर ज्यु, रोटरी वीरगन्जका श्री प्युस गुप्ता ज्यु, वीरगन्ज महानगरपालिकाका पुर्व साखा अधिकृत श्री शम्भु गुप्ता ज्यु, सकिय सचिव श्री तबरेज अहमद ज्यु, जिल्ला खाने पानी तथा सरसफाई संस्था समन्वय समिती पर्साका विभिन्न पदाधिकारीहरु लगायत विभिन्न संघ संस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।