पर्सा जिल्लामा चुनावी प्रचार प्रसारमा राजनीतिक दलहश्र



कार्तिक २२ बीरगंज
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि पर्सामा उम्मेदवारहरु भोट माग्ने कार्यमा व्यस्त भएका छन् । चुनावलाई लक्षित गरेर पर्सामा सबै राजनीतिक दलले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन् ।चुनाव बाहेक अरु समय देखा नपर्ने राजनीतिकदलका नेताहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन् ।मतदाताहरुलाई कामको चटारो भए पनि उम्मेदवारहरुलाई मत माग्न हतार भइरहेको छ । पर्सामा नेपाली कांग्रेस, एमाले मओबादी केन्द्रको वाम गठबन्धन फोरम र राजपा नेपालको गठबन्धन स्वतन्त्र उम्मेदवार र अन्य साना दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।ठूलादेखि साना दलहरु मत माग्नका लागि गाउँगाउँ पुग्ने गरेका छन् । चुनावी सभा पार्टी प्रबेश गराई र घरदैलोमार्फत उम्मेदवारले मत माग्ने काम गरिरहेका छन् । मत माग्न गाउँगाउँ पुगेका नेताहरुले पुरानै आश्वासन दोहो¥याइरहेको जनताले बताएका छन् । जिल्लामा कांग्रेस वाम गठबन्धन र मधेशी गठबन्धनबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।पर्सा जिल्लामा प्रतिनिधी सभा सदस्यको ४ र प्रदेश सभा सदस्य बिधायकका लागि ८ वटा सिट रहेका छन ।कुल दुई लाख ८९ हजार ५४ मतदाताहरुले अगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका लागि पर्सा जिल्लामा मतदान गर्न पाउने छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन