सशस्त्र वन रक्षक र काठ तस्करबीच दोहोरो गोली हानाहान
मंसिर २२ बीरगञ्ज
पर्साको पटेर्वासुगौलीमा गएराति सशस्त्र वन रक्षक र काठ तस्करबीच भिडन्त भएको छ । काठ तस्करी गर्न लागेको समूह र सशस्त्र बन रक्षक बिच दोहोरो गोली हानाहान भएको हो । पर्साको राष्ट्रिय वन क्षेत्रबाट अबैध रूपमा काँचो सालको गोलिया काठ साईकलमा लोड गरि ल्याउँदै गरेको अवस्थामा सशस्त्र वन रक्षक र तस्कर समूह बीच भिडन्त भएको सशस्त्र वन रक्षक रामेश्वर यादवले जानकारी दिनुभयो । सुरक्षा निकाय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केन्द्रित भएको मौका छोपेर काठ तस्करी गर्दै गरेको अवस्थामा जम्काभेट भएको र दोहोरो गोली हानाहान भएको उहाँले बताउनुभयो । पटेर्वा सुगौली गाउँ पालिका वाड नम्बर २ गादी जंगल नजिकै ईलाका वन कार्यालय गादी रङ्गपुरबाट सशस्त्र वन रक्षक रामेश्वर यादवको नेतृत्वमा खटिएको वन रक्षक टोली र तस्कर समूहबीच गोली हानाहान भएको हो । वन रक्षक टोलीलाई लक्षित गरेर तस्कर समूहले भरुवा बन्दुकबाट फायर गरेपछि जवाफि फायरिङ गरिएको सशस्त्र बन रक्षक रामेश्वर यादवले बताउनुभयो ।