पर्सामा जारी प्रतिनिधी र प्रदेशसभा निर्वाचनको हार जितको बिस्तृत बिबरण



मंसिर २४ बीरगञ्ज
पर्सामा जारी प्रतिनिधी र प्रदेशसभा निर्वाचनको मतगणनाको पछिल्लो परिणम अनुसार संघीय समाजादी फोरम नेपाल र राजपाको गठबन्धनले दुइ प्रदेशसभा सदस्यमा जित हात पारेको छ भने नेपाली काँग्रेसले पनि दुइ प्रदेशसभा सदस्यमा विजय प्राप्त गरेको छ । फोरम नेपाल र राजपाको गठबन्धनले पर्साको क्षेत्र नम्बर १ को क र क्षेत्र नम्बर ३ को क मा जित हात पारेको हो । यस्तै नेपाली काँग्रैसले पर्साको क्षेत्र नम्बर २ को क र क्षेत्र नम्बर ४ को क मा विजय प्राप्त गरेको हो । पर्साको क्षेत्र नम्बर ३ को क को प्रदेशसभा सदस्यमा फोरम नेपाल राजपा गठबन्धनका उम्मेदवार एंव फोरम नेपालका नेता मन्जुर अन्सारी भन्ने अब्दुल रहीम अंसारी विजयी भएका हुन् । अन्सारीले काँग्रेसका उम्मेदवार चन्द्र किशोर प्रसाद चौधरीलाइ एक सय ५९ मतको अन्तरले पराजित गरेका हुन् । अन्सारीले सात हजार चार मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका चन्द्र किशोर प्रसाद चौधरीले ६ हजार ८ सय ४५ मत ल्याएका छन् । नेकपा एमालेका नागेन्द्र प्रसाद चौधरीले भने ५ हजार ९ सय ८६ मत मात्रै प्राप्त गरेका छन् ।
यस्तै पर्सा क्षेत्र नम्बर १ को क को प्रदेशसभा सदस्यमा पनि फोरम नेपाल राजपा गठबन्धनका जन्नत अन्सारी विजयी भएका छन् । नेपाली काँग्रेसका रामनारायण प्रसाद कुर्मीलाई एक हजार तीन सय २२ मत अन्तरले पराजित गर्दै अन्सारी विजयी भएका हुन् । अन्सारीले आठ हजार पाच सय ९३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका कुर्मीले सात हजार एक सय ७१ मत ल्याएका छन् । बाम गठबन्धनका रहबर अन्सारीले भने ६ हजार सात सय ९४ मत प्राप्त गरेका छन् ।
यस्तै पर्साको निर्वाचन क्षेत्र नम्बर २ को क को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका राजेश्वर प्रसाद साह तेली विजयी भएका छन् । साहले १० हजार २ सय ५९ मत पाएका छन् । उनका प्रतीद्वन्दी फोरम राजपा गठबन्धनका उम्म्ेदवार राम नरेश प्रसाद यादवले १० हजार ७९ मत ल्याएका छन् ।
यस्तै पर्सा क्षेत्र नम्वर ४ को क को प्रदेशसभा सदस्यमा पनि काँग्रेसकै शंकर चौधरी विजय भएका छन् । एमालेका पुर्व सांसद एवं बाम गठबन्धनका उम्मेदवार जय प्रकाश थारुलाई पराजित गर्दै कांग्रेसका चौधरी निर्वाचित भएका हुन् । चौधरीले थारुलाई चार सय ४८ मत अन्तरले पराजित गरेका हुन् । चौधरीले सात हजार चार सय ८८ मत ल्याए भने थारुले सात हजार ४० मत प्राप्त गरेका छन् । राजपा फोरम नेपाल गठबन्धनका उम्मेदवार रामचन्द्र पडितले भने पाच हजार एक सय २० मत ल्याएका छन् ।वीरगन्जको श्रीपुर स्थित नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा पर्साको क्षेत्र नम्बर १ , २ , ३ र ४ को प्रतिनिधीसभा र प्रदेशसभाको मतगणना चलिरहेको छ । वीरगन्जको श्रीपुर स्थित विद्यापिठ माविमा मतगणनाका लागि ८ वटा कोठाको व्यवस्थापन मिलाईएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन