वीरगञ्जमा मानव सेवा आश्रमको उद्घाटन मह जोडीले गर्ने



मंसिर २८ बीरगञ्ज वीरगञ्जमा सञ्चालित मानव सेवा आश्रमको औपचारिक उद्घाटन मह जोडीले गर्ने भएका छन् । पौष १ गते आयोजना हुने कार्यक्रममा आश्रमका सदभावना दुत समेत रहेका मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा आश्रमको औपचारिक उद्घाटन गर्ने भएका हुन् । मानवसेवा आश्रम वीरगञ्ज शाखामा आज बिहान आयोजित कार्यक्रममा जिल्ला अभिभावक परिवार संयोजक प्राध्यापक डा दिपक शाक्यले पौष १ गते आश्रमको औपचारिक उद्घाटन गरिने जानकारी दिनुभयो । सडक किनाराहरुमा कष्टपूर्ण जीवन विताउन बाध्य विभिन्न उमेर समूहका अनाथ, अपाङ्ग, असाहाय, मनोरोगी मानवहरुको गास, बास र कपासको व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालित आश्रममा गत भदौं १५ गते गणतन्त्र दिवसको दिनबाट नै अनौपचारिक रुपमा सेवा कार्य सञ्चालनमा छ । शाखामा हाल १६ जना आमा दिदिबहिनीहरु र ७ जना बुवा दाईहरु गरी २३ जना आश्रित छन् । आश्रम शाखाले २ जनालाई हेटौंडा आश्रममा स्थानान्तरण गरेको, ४ जनालाई परिवारसँग पूर्न मिलन गराईसकेको छ भने एक जना अन्दाजी ७५ बषिय आमा आश्रममै वितिसक्नु भएको आश्रमकी संयोजक अंशु कार्कीले जानकारी दिनुभयो । आश्रममा बिहान आयोजित कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष  राजी अधिकारीले नेपालीबाट नेपाली, हुनेहरुबाट नहुनेहरुका लागि सहयोग होस भन्ने उद्देश्यले आश्रमको स्थापना गरिएको बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले आश्रमले मानवीयतालाई बचाउन सहयोग गरेको भन्दै प्रसंशा गर्नुभयो । नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जाराले आश्रम पारदर्शी ढंगबाट सञ्चालनमा ल्याउन सुझाव दिनुभयो ।  वि.स. २०८२ सालसम्म देशलाई नै सडक मानवमुक्त देश बनाउने उद्देश्यले ०६९ साल भाद्र १३ गते हेटौंडामा स्थापना गरिएको आश्रमले चितवन, काठमाण्डु, ललितपुर, गोर्खा, लमजुङ , बागलुङमा समेत शाखा खोली सकेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग