पर्साको सुवर्णपुरमा राँगाको आक्रमणबाट गम्भिर घाइते एक बृद्धको मृत्यु
मंसिर २८ बीगञ्ज
पर्साको ठोरी गाँउपालिका वडा नम्बर ५ सुर्वणपुरमा राँगाको आक्रमणबाट गम्भिर घाइते भएका एक बृद्धको मृत्यु भएको छ । गत मंसिर २१ गते स्थानीय खगेश्वर अधिकारीलाइ उनकै घरअगाडि राँगाले आक्रमण गरेपछि गम्भिर घाइते भएका अधिकारीको वीरगन्जको हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा गएराती मृत्यु भएको मृतक अधिकारीकी छोरी विष्णुमाया अधिकारीले जानकारी दिनु भयो ।