पर्सामा चिसोबाट प्रभावीतलाई रेडक्रस सोसाइटीद्धारा कम्बल वितरण



पुस २१ बीरगञ्ज
पर्साको ग्रामीण भेगमा चिसोबाट प्रभावीत घरपरिवारलाई शुक्रबार कम्बल वितरण गरीएको छ । केही दिनदेखि पर्सा सहित तराई मधेसका क्षेत्रमा बढेको जाडो र शितलहरलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रेडक्रस सोसाइटि धोविनी उपशाखाका सभापति तबरेज अहमदको नेतृत्वमा शुक्रबार पर्सा धोविनी गाउँपालिकाका विपन्न परिवारलाई कम्बल वितरण गरीएको हो । जाडो र शितलहरका कारण पर्साको ग्रामीण भेगमा जनजीवन प्रभावित हुन थालेपछि जाडोबाट बच्नका लागि नेपाल रेडक्रस सोसाइटि पर्साको सहयोगमा धोविनी गाउँपालिकाको धोविनी, हरिहरपुर, गुलरिया लगयातका स्थानहरुको करिव एक सय घरपरिवारलाई कम्बल वितरण गरीएको अहमदले बताउनुभयो । जाडोले सर्वसाधारणको जनजीवन प्रभावित हुने भएकोले धोविनी क्षेत्रका विपन्न, गरिब, दलित, वृद्धवृद्धा, अपाङ्ग, एकल महिला लगायतलाई कम्बल वितरण गरिएको उहाँले बताउनुभयो । कम्बल वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका उप कोषाध्यक्ष श्याम पटेल, सदस्य दया शंकर सिँह, शाखा अधिकृत उदय राज शर्मा लगायातको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन