बसोवास स्थल सुनिश्चितताको माग गर्दै पर्साको सखुवा प्रसौनी वडा नम्बर १ का सुकुम्वासीहरुले ज्ञापनपत्र बुझाए



वीरगन्ज, ६ साउन । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का सुकुम्वासी वस्तीका वासिन्दाले बसोवास स्थलको सुनिश्चित गर्न माग गर्दै विभिन्न सरकारी निकायहरुमा ज्ञापनपत्र बुझाएका छन् । साविकको मधुवन मथवल गाविस वडा नम्बर ३ र परिवर्तित सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ शान्ति टोल र टाडीका सुकुम्वासी वस्ती डिभिजन वन कार्यालयले वन अतिक्रममको नाममा विस्थापित गर्न खोजेको भन्दै आपूmहरु बसोवास गर्दै आएको स्थल सुनिश्चित गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

२०३६ सालदेखि झण्डै ६० विगाह जग्गामा १५१ घरधुरी सुकुम्वासीहरु बसोवास गर्दै आएको उक्त स्थानमा डिभिजन वन कार्यालयले वृक्षरोपण गर्ने बाहानामा तारबार लगाएर सुकुम्वासी वस्तीलाई विस्थापित गर्न खोजेको भन्दै त्यसलाई तत्काल रोकेर सुकुम्वासीहरुको बसोवास स्थल सुनिश्चित गर्न माग गरेका छन् ।

अखिल नेपाल सुकुम्वासी संघको नेतृत्वमा स्थानीय सुकुम्वासीहरुले सखुवा प्रसौनी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएपछि वीरगन्जमा आएर जिल्ला प्रशासन कार्यालय पर्सा, डिभिजन वन कार्यालय वीरगन्ज लगायत विभिन्न सरोकारवाला कार्यालयहरुलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले प्रदेश २ को मुख्यमन्त्री कार्यालय, संघीय भूमि व्यावस्था तथा सुकुम्वासी समस्या समाधान आयोग, जिल्ला समन्वय समिति पर्सा लगायत सम्बन्धित निकायहरुलाई ज्ञापन पत्र दिएका छन् ।

२०७८ साल जेठको पहिलो हप्तामा डिभिजन वन कार्यालय वीरगन्जले सुकुम्वासी वस्तीमा तारबार लगाएर आवत जावतमा समेत अवरोध गरेपछि स्थानीयले विरोध जनाउदा डर, त्रास देखाई धम्क्याउने गरेको पनि पीडितहरुले आरोप लगाएका छन् । भूमिहिन सुकुम्वासीहरुको अन्य स्थानमा कुनैपनि वैकल्पिक बसोवासको व्यावस्था समेत नभएको र स्थानीय शासन संचालन ऐनको अधिकार विपरित डिभिजन वन कार्यालयले त्यहाँका सुकुम्वासी वस्तीलाई विस्थापित गर्ने योजना रहेकोले त्यसलाई तत्काल रोकेर समस्या समाधान गर्न माग गरिएको छ ।

भूमिहिन नागरिकलाई राज्यले भूमिको व्यावस्था गरिदिनुपर्ने कर्तव्य भएपनि उल्टै बसोवास गरिरहेका नागरिकलाई विस्थापित गर्न खोजेर अन्याय गरेको अखिल नेपाल सुकुम्वासी संघका सोम लामाले बताउनुभयो । उक्त सुकुम्वासी वस्तीलाई विस्थापित गर्न खोजिए जस्तोसुकै संघर्ष गर्न समेत पीडित सुकुम्वासीहरु तयार रहेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान