चीनमा भारी वर्षा स् बाढीका कारण हेनान प्रान्तमा १२ को मृत्यु, १० हजार बढी विस्थापित



वीरगन्ज, ६ साउन ।
चीनमा भारी बर्षा भएको छ । वर्षाका कारण ठुलो बाढी आएको छ । चीनमा आएको बाढीका कारण १२ जनाको मृत्यु भएको छ भने करीब १० हजार बिस्थापित भएका छन् ।

मध्य चिनको हेनान प्रान्त बाढीबाट बढी प्रभावित भएको छ । दश वटा शहर बाढीको चपेटामा पर्दा त्यहाँका अधिकांश घर डुबानामा परेका छन् । दर्जनौ मानिसहरु हराइरहेका छन् । बाढीले सयौं सवारी साधान पुरिएका छन् ।

बाढी प्रभावितहरुको उद्धारका लागि सयौ उद्धारकर्मीहरु परिचालन गरिएको छ । चीनमा बिगत ३ दिनदेखिको भारी बर्षा पछी आएको बाढीले हजारौं घर ध्वस्त भएका छन् । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान