५ किलो ३ सय ३४ ग्राम चाँदीको गहना सहित पर्सामा एक पक्राउ



वीरगन्ज, ६ साउन । पर्सा प्रहरीले ५ किलो ३ सय ३४ ग्राम चाँदीको गहना सहित एक जनालाई पक्राउ गरेको छ ।सिमावर्ती शहर रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी ईनर्वाले नियमित चेकजाँचका क्रममा आज बिहान सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा स्थायी घर भई हाल चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा श्रेया ज्वैलर्स सञ्चालन गरिरहेका ४३ वर्षीय अंगद साहलाई पक्राउ गरेको हो ।
पैदल हिँडिरहको अवस्थामा शंकास्पद देखेपछि वीरगन्ज र रक्सौलको सिमाना शंकराचार्य गेटनिर चेकजाँच गर्ने क्रममा साहले बोकेको कालो झोलाभित्र ५ किलो ३ सय ३४ ग्राम चाँदीको गहना बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । पक्राउ परेका साहलाई बरामद चाँदीसहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने खनालले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन