गोली लागेर युवकको मृत्यु, पहिचान खुल्न बाँकी



वीरगन्ज, ७ साउन । चितवनको भरतपुरमा टाउकोमा गोली लागेका एक युवक मृतावस्थामा फेला परेका छन् ।
भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा टाउकोमा गोली लागेका एक युवक मृतावस्थामा फेला परेको हो ।
अन्दाजी ३० वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । उनको टाउकोमा गोली लागेको घटनास्थल नजिकै रगत र गोलीको खोकासमेत भेटिएको छ ।
बिहान बाटोमा हिड्नेहरुले घटना थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । घटना स्थालमा मृत ब्यक्तिको पहिचान हुन सकेको छैन । शवको अहिले मुचुल्का उठाई पोष्ट मार्टमको लागी भरतपुर अस्पताल ल्याईएको छ । घटनाको बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग