प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत वीरगन्जका २ वटा विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरुलाइ साइकल वितरण



वीरगन्ज, ७ साउन ।
प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत वीरगन्जका २ वटा विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरुलाइ आज साइकल वितरण गरिएको छ । वीरगन्जको वीर्ता स्थित सुन्दरमल रामकुमार कन्या मावि र माइस्थान स्थित माइस्थान विद्यापिठ माविको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाइ साइकल वितरण गरिएको हो । दुवै विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्धी आफैले छात्राहरुलाइ साइकल हस्तान्तरण गर्नु भएको हो । दुवै विद्याmयमा गरि १ सय ९२ जना छात्राहरुलाइ साइकल वितरण गरिएको मुख्यमन्त्री गद्धीका स्वकीय सचिव दिपक यादवले जानकारी दिनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष प्रदीप केडिया , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , वडा अध्यक्षहरु बसन्त भक्कड र जगत साह कानु , विद्यालयका प्रधानाध्यापक , शिक्षक , शिक्षिका लगायतको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन