१५ वटा बैंक ह्याक गर्ने ह्याकरको चेतावनी, तर राष्ट्रबैंक भन्छ– सिस्टम सुरक्षित छ, डराउनु पर्दैन



वीरगन्ज, ७ साउन ।
नेपाल राष्ट्र बैंकले नेपालको बैकिङ प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । अपरिचित नम्बरबाट फोन र म्यासेज मार्फत राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टक ह्याक गर्ने चेतावनी आएपछि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकलेले हालसम्म सबै बैकिङ प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको हो । हिजो साँझ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेल र नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई आएको फोन र म्यासेजमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । ह्याकरको धम्कीपछि सम्बद्ध सबै बैंकको सिस्टम जाँच गर्न र सम्भावित जोखिम न्यूनीकरणका उपाय अपनाउन आग्रह गरिएको राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले जानकारी दिनुभयो । ह्याकरको इमेल र टेलिफोन कल बारे सरोकारवालालाई जानकारी गराई अनुन्धान अघि बढाइएको पनि केन्द्रीय बैंकले जनाएको छ । हिजो नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको थियो । राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सतर्क अवस्थामा रहेको र कुनै गडबडी नदेखिएको सम्बद्ध बैंकहरूले जनाएका छन् ।ह्याकरले पठाएको सन्देशमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नवील बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान