नेपाली कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु




काठमाडौं ८ साउन । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक अबको केही समयपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा केही बेरअघि सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार बैठक आगामी महाधिवेशनको तयारी सम्बन्धमा केन्द्रित हुनेछ । आजको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादको निकास निकाल्ने र तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने कांग्रेसको तयारी छ ।
क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने कांग्रेसको तयारी छ ।
पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने कांग्रेसका नेताहरुले बताएका छन् ।
कांग्रेसले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडास्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
यसका साथै नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो ।पूर्वनिर्धारित समयमा अधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण केन्द्रीय महाधिवेशन तोकिएको मितिमा गर्ने कांग्रेसको तयारी छ ।
पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कांग्रेसले जनाएको छ ।यद्यपि काँग्रेसमा कोरोनाको जोखिमका कारण देखाएर केही समय महाधिवेशन पर सार्न सकिने विकल्पको खोजी पनि भइरहेको बताइन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग