भारतमा आन्दोलनरत किसानलाई वार्तामा आउन भारत सरकारको आग्रह




वीरगन्ज, ८ साउन । भारतमा आन्दोलनरत किसानसँग फेरि वार्ता गर्न सरकार तयार भएको छ । कृषि मन्त्री नरेन्द्र तोमरले आफूहरु किसानसँग फेरि वार्ताका लागि तयार रहेको बताउनु भएको हो ।
उहाँले विवादमा तानिएको कृषि कानुनमा कुनै हानी पुर्याउने प्रावधान भए त्यसलाई समाधान गर्न पनि तयार रहेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उहाँले यो कानुनले किसानकै फाइदालाई समेटेको दाबी भने गर्नु भएको छ ।
उहाँले आन्दोलन छोडेर वार्तामा आउन पनि किसानलाई आग्रह गर्नुभएको छ । ६ महिना अगाडि सरकार र किसानबीच भइरहेको वार्ता रोकिएको थियो । त्यसयता कुनै पनि वार्ता हुन सकेको छैन । भारतमा हिजो किसानले संसद भवन बाहिर विरोध प्रदर्शन गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान