ब्राजिलमा एकैदिनमा थपिए १ लाख बढी कोरोना संक्रमित




वीरगन्ज, १० साउन । ब्राजिलमा एकैदिन १ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिगत २४ घण्टामा २ हजार बढीको मृत्यु भएको छ ।

ब्राजिलमा बिगत केही महिना अघि मृत्युदर घटेपनि संक्रमितको संख्या दिनानुदिन उकालो लागिरहेको बताईएको छ । ब्राजिलको साओपालो शहरका ६० प्रतिशत बासिन्दा संक्रमित भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

ब्राजिलमा केही महिनादेखि जारी लकडाउन खुकुलो भएपछी कोरोना संक्रमितको संख्यामा बृद्धी आएको हो । ब्राजिलमा खोप अभियान पनि प्रभावकारी नभएका कारण संक्रमितको संख्या बढिरहेको आंकलन गरिएको छ ।

ब्राजिल धेरै कोरोना संक्रमण हुने देशको सूचीमा तेश्रोे स्थानमा रहेको छ । ब्राजिलमा कोरोनाका कारण ५ लाख ४९ हजार ५ सय बढीको मृत्यु भइसकेको छ । एजेन्सी


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान