मनसुन सक्रिय ः प्रदेश १ र गण्डकीमा ‘भारी’ वर्षा
वीरगन्ज, १० साउन । मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ । अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।