महानगर क्षेत्रको सडकमा जथाभावी राखिएका गिट्टी बालुवा र कवाडी सामान हटाउने अभियान शुरु
वीरगन्ज, १० साउन । वीरगन्ज महानगरपालिकाले सडक किनारमा अनाधिकृत रुपा राखएिका निर्माण सामग्री तथा अन्य सामग्रीहरु हटाउने अभियानलाई निरन्तरता दिएको छ ।
आज महानगरपालिकाले नयाँ बसपार्कदेखि उत्तर दोश्रो बाईपास सडकको दायाँबायाँ अनाधिकृत रुपमा राखिएका गिटी, बालुवा, ढुंगा तथा कवाडी सामानहरु हटाएको छ ।
जथाभावी राखिएका निर्माण सामग्री तथा कवाडी सामानहरु हटाउन महानगरपालिकाले पटक पटक जानकारी र सूचना गरेपनि अटेर गरेपछि हिजोदेखि नगर प्रहरी, सरसफाई शाखाका कर्मचारी र निजी तथा सार्वजनिक साझेदारीमा सरसफाई गर्ने ठेकेदारले संयुक्त रुपमा सडक किनारका सामानहरु हटाउन थालेको हो ।
आज दोश्रो बाईपासक्षेत्रमा सरसफाई गरिएको महानगरपालिकाको सरसफाई शाखाका सर्फुदिन मियाँले जानकारी दिनुभयो । महानगरवासी र व्यापार व्यावसाय गर्नेहरुले नै सडकमा अथाभावी आपूmखुशी सामानहरु राख्ने र महानगरपालिकाले सरसफाई गरेन भनेर आरोप लगाउने प्रवृत्ति रहेको भन्दै जथाभावी सडक किनारमा सामग्री राख्ने र फोहोर थुपार्नेलाई सरसफाई ऐन २०७५ अनुसार कारवाही गरिने र सामान समेत जफत गरिने महानगर प्रहरी इन्चार्ज हरि भुषालले बताउनुभयो ।


