ठूलो परिमाणमा लागु औषध सहित एक युवक पक्राउ
वीरगन्ज, ११ साउन । वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध सहित एक युवकलाइ पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २६ वर्षिय अफरोज मिया नेपालमा प्रतिबन्धित ६ सय थान लागु औषध सहित पक्राउ परेका हुन् ।
भारतको रक्सौलबाट पैदल वीरगन्ज आउदै गरेका मियालाइ वीरगन्ज १९ इनर्वामा प्रहरीले रोकेर चेकजाँच गर्दा मियाले बोकेको तरकारीको झोला भित्रबाट लागु औषध नुर्फिन २०० एम्पुल, डाइजेपाम २०० एम्पुल र फेनारगन २०० एम्पुल बरामद गरेको हो ।
लागु औषध सहित पक्राउ परेका मियालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
