अमेरिकामा खोप नलगाएका व्यक्तिमा कोरोना संक्रमण बढ्दैछ डा फाउची



वीरगन्ज, ११ साउन । खोप नलगाएका व्यक्तिहरूमा संक्रमण बढिरहेका बेला अमेरिकाका प्रमुख स्वास्थ्य विज्ञ डा। एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको टिप्पणी गरेका छन् ।
उनले कोरोना भाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको बताउनुभयो ।
फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन खोप लगाएका व्यक्तिका लागि मास्क अनिवार्य गर्ने निर्देशिका परमार्जन गर्नेबारे पनि कुराकानी भइरहेको बताए ।
उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको जानकारी दिए । अमेरिकामा हालसम्म जनसंख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान