पर्साको हुलाकी सडकको लागि अलकत्रा बनाउने ट्यांकरमा आगलागी
वीरगन्ज, १२ साउन । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ लाटोमाइ मन्दिर नजिक हुलाकी सडकको लागि अलकत्रा बनाउने ट्यांकरमा आगलागी भएको छ । बीरगंजको लक्षमनवादेखि जिराभवानीको चमरी होलसम्म हुलाकी सडक निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रकसनको अल्कत्रा बनाउने ट्याङ्करमा आज बिहान ३ बजेको समय आगलागी भएको हो । बाटो निर्माणको कार्य भैरहेकै बेला ना १ क १७९९ नम्बर को ट्याङ्करमा अचानक आगलागी भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजाबाबु यादवले जानकारी दिनुभयो । आगलागीबाट ट्याङ्करको पछाडिको भाग पुर्ण रुपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । ट्यांकरमा लागेको आगो, स्थानीयबासी प्रहरी र पोखरिया नगरपालिकाको दम्कलको सहयोगमा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।