प्रधानमंत्री देउावद्धारा आज मंत्री परिषद बिस्तारको तयारी
वीरगन्ज, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार तयारी गर्नुभएको छ । प्रधानमन्त्रीले आज केही मन्त्री थप गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्लाई हालसम्म ६ सदस्यीय मात्रै बनाउनु भएको छ। देउवाले २९ गते आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो । प्रचण्डले माओवादी कोटाबाट मन्त्री बन्नेको लिष्ट देउवालाई बुझाएको स्रोतको दाबी छ। सरकारमा सहभागिता लगायत विषयमा निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी बैठक पनि आजै बस्दैछ।