पर्सामा कोरोना विरुद्धको खोप वितरणमा व्यापक अनियमितता , पहुच भएकाहरुले नियमविपरित खोप लगाएको गुनासो




वीरगन्ज, १३ साउन । पर्सामा कोरोना विरुद्धको खोप वितरणमा व्यापक अनियमितता भएको पाइएको छ । अमेरीकाबाट ल्याइएको जोनसन एण्ड जोन कम्पनिको खोप , पर्सा जिल्लामा अस्ति र हिजो गरि दुइ दिन लगाइएको थियो । पर्सामा उक्त खोप लगाउने क्रममा व्यापक अनियमितता भएको हो । सरकारले एक डोज मात्रै लगाए पुग्ने जोनसन एण्ड जोन कम्पनिको खोप , ५० देखि ५४ वर्ष उमेर समुहका नागरिक तथा अपाङगता र अशक्त व्याक्तिहरुलाइ मात्र लगाउने निर्देशन दिएको छ ।

तर पर्सा जिल्लामा भने उक्त खोप , सरकारले तोकेको लक्षित उमेर र समुह भन्दा बाहेकका थुप्रै व्याक्तिहरुले आफनो पहुचका आधारमा लगाएका छन् । स्वास्थ्य कार्यालय पर्साका अनुसार , स्वास्थ्य मन्त्रालयले पर्सा जिल्लामा जोनसन एण्ड जोन कम्पनिको खोप ३६ हजार ५ सय डोज पठाएको छ । उक्त खोप लगाउने लक्षित समुहको जनसंख्या भने पर्सा जिल्लामा ३० हजार ६ सय ६८ जना छ ।

तर हिजो र अस्ति जिल्लाका १४ वटै पालिकामा सन्चालन गरिएको खोप कार्यक्रममा , लक्षित उमेर समुह भन्दा बाहेकका थुप्रै व्याक्तिहरुले पनि आफनो पहुचको आधारमा नियम विपरित खोप लगाएका हुन् ।५० देखि ५४ वर्ष उमेर समुहका लागि मात्र आएको उक्त खोप , अन्य उमेर समुहका व्याक्तिहरुले पनि लगाएका हुन् ।

पालिकाका विभिन्न वडाका आधारभुत स्वास्थ्य केन्द्र र खोप केन्द्रहरुमा वडा अध्यक्षहरुले स्वास्थ्यकर्मीलाइ दबाब दिएर आफना चिनजान र निकटका व्याक्तिहरुलाइ नियम विपरित खोप लगाएको भन्दै विभिन्न वडामा विवाद समेत भएको थियो । सरकारले तोकेको लक्षित उमेर समुह भन्दा बाहेकका व्याक्तिहरु आफैले पनि खोप लगाएको तस्वीर सामाजिक सन्जालमा पोष्ट गरेकाले खोप वितरणमा अनियमितता भएको पुष्टि भएको छ ।सरकारले ५० देखि ५४ वर्ष उमेर समुह तोकेको भएपनि ५० भन्दा कम उमेरका व्याक्तिले पनि खोप लगाएको तस्वीरहरु सामाजिक सन्जाल फेसबुकमा भाइरल नै भएको छ ।

उमेर ५० वर्ष नपुगेको भएपनि खोप कार्डमा ५० वर्ष उमेर लेख्न लगाएर खोप लगाएको तस्वीर फेसबुकमा सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले भने मन्त्रालयबाट आएको खोप , पालिकाको कुल जनसंख्याको ४ दशमलव १ प्रतिशतका दरले १४ वटै पालिकामा पठाएको बताउनुभयो ।

खोप केन्द्रमा स्वास्थ्यकर्मी खटाउने , सरकारले तोकेको लक्षित उमेर समुहका नागरिकलाइ खोप लगाउने लगायतका सबै जिम्मा सम्बन्धित पालिकाको नै भएको उहाले बताउनुभयो । सरकारले तोकेका लक्षित उमेर समुह भन्दा बाहेककाले पनि नियम विपरित खोप लगाएको मौखीक गुनासो मात्रै आफु कहा आएको उहाले बताउनुभयो ।तर लिखीत रुपमा भने कसैले पनि गुनासो नगरेको उहाले बताउनुभयो । खोप केन्द्रहरुमा खोप वितरणको अनुगमन गर्ने जिम्मा आफुहरुको भएपनि कार्यालयमा पर्याप्त जनशक्ति नभएका कारणले सबै केन्द्रहरुमा अनुगमन गर्न नभ्याएको उहाले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन