नेपालमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुको आग्रह




वीरगन्ज, १४ साउन । नेपालमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन्। आमनागरिकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न तथा सरकारले अस्पतालहरुमा भौतिक पूर्वाधार, परीक्षण तथा जनचेतना बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्यविद् डाक्टर वासुदेव पाण्डेका अनुसार सम्भावित तेस्रो लहरको जोखिम नियन्त्रणको लागि अहिलेको तयारी अपर्याप्त छ ।

अस्पतालहरुमा अक्सिजन लगायत अरु पूर्वाधारको व्यवस्थापनसँगै भारतसंग जोडिएका नाकाहरुमा परीक्षण बढाउन र खोप अभियानलाई व्यापक बनाउन उहाँको सल्लाह छ । निषेधाज्ञा खुकुलो भएसँगै लापर्बाही भएकाले पनि सङ्क्रमण बढेको भन्दै विज्ञहरुले मास्क लगाउने, भौतिक दूरी पालना गर्ने तथा साबुनपानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सुझाव दिएका छन् ।

खोप अभियान चलिरहेकै बेला पछिल्लो एक हप्तामा सङ्क्रमणदर २४ दशमलव २ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमणलाई सङ्क्रमित व्यक्तिमा सीमित राख्न सके मात्र सङ्क्रमण घट्ने भएकाले खोप जतिसक्यो चाँडै लगाउन विज्ञहरुको सुझाव छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ८८ लाख ८२ हजार डोज खोप प्राप्त भएको छ ।

३५ लाख ४४ हजारभन्दा धेरैले एक डोज र १५ लाख ३ हजारभन्दा धेरैले पूर्ण डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ । मन्त्रालयले उच्च प्राथमिकताका साथ खोप अभियान अघि बढाइएको जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन