नेपालमा थप ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १६ जनाको मृत्यु
वीरगन्ज, १४ साउन । नेपालमा थप ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार २ सय ४२ जनाको स्वाब नमूना परिक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३ सय ७३ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ ।मन्त्रालयका अनुसार कोरोनाबाट आज थप १६ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।