दुग्धेश्वरनाथ महादेव मन्दिरमा लाग्ने रामभौरीभाठा मेला यस वर्ष कोरोना भाइरस माहामारीका कारण रोकियो




वीरगन्ज, १४ साउन । पर्साको पटेर्वा सुगौली गाउपालिका अन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुन्ज भित्र रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल दुग्धेश्वरनाथ महादेव मन्दिरमा लाग्ने रामभौरीभाठा मेला यस वर्ष कोरोना भाइरस माहामारीका कारण रोकिएको छ । कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेकोले पर्सा रास्ट्रिय निकुन्ज प्रसासनले मेला लगाउन अनुमति नदिएकोले यस वर्षको मेला प्रभावित भएको हाम्रा सहकर्मी प्रमोद यादवले बताउनु भएको छ ।

विगतका बर्षमा रामभौरी भाठामा लाग्ने मेला हेर्न आउनेहरुको भीडले भरिभराउ हुने दुदेश्वर नाथ माहदेव मन्दिरमा यसपटक भने मेला नलागेकाले सुनसान रहेकोछ । मेला मात्रै नभई त्यहाको प्राकृतिक सुन्दरताको समेत अवलोकन गर्न नेपालका विभिन्न स्थान र भारतबाट पनि लाखौको संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् ।

रामभौरी भाठामा वर्षको तिन पटक साउन, बैशाख र माघ महिनामा मेला लाग्ने गरेको मेला समितिले जनाएको छ । मेला समितिले दिएको जानकारी अनुसार , यो साउन महिनामा साताको एक दिन सोमबार समितिको पाँच जनालाई पुजा गर्न मात्र दिइएको छ । कोरोना महामारी फैलिएदेखि नै रामभौरी भाठामा मेला लाग्न रोक लगाईएकोले अहिले कोहीपनि दर्शनार्थी तथा भक्तजनहरु मन्दिर क्षेत्रमा प्रवेश गर्न पाउदैनन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन