आज विश्व बाघ दिवस ,‘बाघको अस्तित्व मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै




वीरगन्ज, १४ साउन । आज विश्व बाघ दिवस ,‘बाघको अस्तित्व ः मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ । संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले अर्को वर्षसम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ । सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । नेपालका जंगलमा बाघको संख्या उल्लेख्य वृद्धि भएसँगै बासस्थान, चरण र आहारा व्यवस्थापनमा चुनौती देखापरेको छ । सन् २०१० मा १ सय २१ को संख्यामा रहेका बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने लक्ष्य उन्मुख रहेपनि चरिचरण, आहाराको चुनौती देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता हरिभद्र आचार्यले बताउनुभयो । सन् २०१८ मा गरिएको पछिल्लो गणनामा नेपालमा बाघको संख्या २ सय २१ पुगेको थियो ।बर्दिया र चितवनमा संख्या उत्साहजनक रुपमा बढेपनि सडकमा बाघ देखा पर्दा मानव र बाघबीचको द्धन्द्धले क्षति निम्त्याएको आचार्यले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग