अफगानिस्तानका मुख्य तीन शहरमा तालीवान बिद्रोहीेले भिषण आक्रमण




एजेन्सी ,१७ साउन । अफगानिस्तानका मुख्य तीन शहरमा तालीवान बिद्रोहीेले भिषण आक्रमण गरिरहेको छ ।

पछिल्लो समय देशको अधिकांश ग्रामिण क्षेत्र नियन्त्रणमा लिइसकेको तालिवान विद्रोहीले अब आफ्नो ध्यान शहरतर्फ केन्द्रित गरेको छ ।

सोहीक्रममा हिजोबाट कान्दाहार, हेरात र लस्कर गाह शहर कब्जा गर्न भिषण आक्रमण गरिरहेको छ । ती शहरमा सरकारी सेनाले कडा प्रतिरोध गरिरहेका छन् ।

तर विदेशी सेनाले अफ्गानिस्तान छाड्दै गर्दा एकाएक शक्तिमा आएको तालिवान विद्रोहीलाई परास्त गर्न भने निकै कठिन देखिएको छ ।

आगामी सेप्टेम्बर सम्ममा अफगानिस्तानबाट सम्पूर्ण बिदेशी सेना फिर्ता जाने घोषणा भएलगत्तै तालीवानी बिद्रोहीले हिंसात्मक गतिबिधी तीब्र पारेका हुन् ।

यसअघि उनीहरुले इरान र पाकिस्तानसंग जोडिएका महत्वपूर्ण सीमा नाकाहरु नियन्त्रणमा लिइसकेका छन् । तालीवानी बिद्रोहीले बेलायती सेना रहेको हेलमन्द प्रान्तमा पनि आक्रमण गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग