आर्थिक वर्ष २०७७ /७८ मा पेट्रोलियम पदार्थको अयात १० अर्ब रुपैयाँले बढ्यो




वीरगन्ज,१७ साउन । आर्थिक वर्ष २०७७ /७८ मा पेट्रोलियम पदार्थको अयात १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा इन्धन आयात बढेको हो ।

यसै पनि नेपालमा सबैभन्दा बढि आयात हुने वस्तु पेट्रोलियम पदार्थ हो भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपत बढ्दै गएकाले नेपाल आयाल निगमले गएको वर्ष इन्डियन आयाल कर्पोरेशन (आईओसी) लाई इन्धन खरिद गरेबाफत १ खर्ब ४५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

निगमकाअनुसार २०५६÷०७७ मा १ खर्ब ४५ अर्ब रूपैयाँ बराबरको २६ लाख किलोलिटर पेट्रेलयम पदार्थ आयात भएकोमा आव २०७७ ÷ ७८ मा वर्ष १० अर्ब रुपैयाँले आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा खपत बढेकाले १० अर्ब रुपैयाँ इन्धन आयात बढेर एक खर्ब ५५ अर्ब पुगेको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण