वीरगन्जको भवानी अस्पतालले जिवितै रहेको ब्यक्तिलाई मृत घोषणा गरेको भन्दै आफन्तद्धारा तोडफोड,घटनामा संलग्न रहेको अभियोगमा चारजना पक्राउ




वीरगन्ज,१७ साउन । वीरगन्जको भवानी अस्पतालमा विरामीको आफन्तले तोडफोड गरेका छन् । मुटुको समस्या भएकी पर्साको अप्पौनीकी एक महिलालाई उपचारका लागि भवानी अस्पतालमा ल्याएर चेकजाँच गर्दा उनको अस्पताल आउनु अघि नै मृत्यु भएको डाक्टरले घोषणा गरेपछि मृतकका आफन्तले उनलाई दाहसंस्कारको लागि फर्काएर लगेका थिए ।
हिन्दु धार्मिक परम्परा अनुसार घाटमा लगेर दाहसंस्कार गर्न लाशलाई नुहाउने क्रममा मृतकले मुख चलाएको मलामीले बताएपछि पुनः अस्पतालमा ल्याएर मृतकका आफन्तले जिउँदो मान्छेलाई मृत घोषणा गरेको भन्दै आक्रोशित भई अस्पतालका डाक्टर र नर्सलाई समेत हातपात गरी अस्पतालमा तोडफोड समेत गरेको अस्पतालका निर्देशक रामराज श्रेष्ठले बताउनुभयो ।
अस्पतालमा तनाव भएपछि गएको पहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग समेत मृतकका आफन्तको केहीबेर झडप भएको थियो । मृतकका आफन्तले अस्पतालको सिसा फुटाईदिएका छन् ।
अस्पतालमा तोडफोड गर्ने चारजनालाई पहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी पवक्ता प्रहरी नायव उपरीक्षक ओमपकाश खनालले बताउनुभयो । मृतकका आफन्तले आएर अस्पतालमा तोडफोड गर्न थालेको सूचना पाएपछि गएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिनुभयो


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन