वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार नाकाबाट जीप, कार, भ्यान आयातबापत २ अर्ब ३७ करोड राजस्व सङ्कलन




वीरगन्ज, १८ साउन । वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार नाकाबाट जीप, कार, भ्यान आयातबापत रु २ अर्ब ३७ करोड राजस्व सङ्कलन भएको छ । गत आवको साउनदेखि असारसम्म रु १ अर्ब ७५ करोड ४४ लाख ८ हजार राजस्व तिरेर रु ६१ करोड २८ लाख ३३ हजार मूल्यबराबरका २२७ वटा ननइलेक्ट्रिक गाडी भित्रेका छन् भने रु ६२ करोड ८७ लाख राजस्व तिरेर रु ३८ करोड ८० लाख २९ हजार मूल्यबराबरका १०४ वटा इलेक्ट्रिक गाडी भित्रिएका छन् ।

अघिल्लो आव २०७६÷७७ मा रु ७५ करोड ७० लाख ८७ हजार राजस्व तिरेर रु २२ करोड ४७ लाख २९ हजार मूल्यबराबरका ११५ वटा ननइलेक्ट्रिक र रु १ अर्ब ५५ करोड ५५ लाख २८ हजार राजस्व तिरेर रु १ अर्ब २० करोड ३९ लाख ८१ हजार मूल्यबराबरका ३४५ वटा इलेक्ट्रिक गाडी भिœयाइएको थियो ।

त्यसैगरी, त्योभन्दा अघिल्लो आव २०७५÷७६ मा रु ४७ करोड ५१ लाख ७४ हजार राजस्व तिरेर रु ३८ करोड ३७ लाख ३२ हजार मूल्यबराबरका १३४ वटा ननइलेक्ट्रिक र रु १६ करोड ७८ लाख ७६ हजार राजस्व तिरेर रु १३ करोड १ लाख २१ हजार मूल्यबराबरका ३३ वटा इलेक्ट्रिक गाडी भित्रिएका थिए ।

भन्सार नियम अनुसार इलेक्ट्रिक गाडीमा राजस्व दरबन्दी कम हुन्छ भने डिजेल, पेट्रोलबाट चल्ने गाडीमा १८० देखि २ सय प्रतिशतसम्म राजस्व लाग्छ । ब्याट्रीबाट चल्ने इलेक्ट्रिक गाडीको क्षमता अनुसार बढीमा ६० प्रतिशतसम्म मात्र राजस्व लाग्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन