सशस्त्र प्रहरी पर्साद्धारा रोकी राखिएको ट्रकबाट गाँजा बरामद
वीरगन्ज, १८ साउन । सशस्त्र प्रहरीले वीरगन्जको बाईपासबाट लागूऔषध गाँजा बरामद गरेको छ । ना ३ ख ४२९७ नम्बरको ट्रकमा गाँजा लोड गरिएको सूचनाको आधारमा सशसप्रहरी निरीक्षक राजेश्वर प्रसाद साहको नेतृत्वमा गएको सशस्त्र प्रहरीले वीरगन्ज १४ बाईपास पिपरामा रोकि राखेको ट्रकबाट ४ पोकामा रहेको २१ किलो गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीले चेकजाँच गर्दा ट्रकको क्याबिनमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
बरामद गरेको गाँजा सहितको ट्रक थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।