पर्सामा भोलीसम्ममा ४४ हजार खोप लगाउने तयारी




वीरगन्ज,१९ साउन । पर्सामा भोलीसम्ममा ४४ हजार खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । कार्यालयका निमित्त प्रमुख नवलकिशोर साहले साउन २० गते अर्थात भोली १२ हजार जोनसन एण्ड जोनसन खोप र साउन २१–२२ गते गरी दुई दिनमा ४२ हजार भेरोसिल खोप लगाउने कार्यक्रम अगाडि बढाइएको बताउनुभयो ।

उहाँले पछिल्लोपटक लगाइएको जानसिन खोपमध्ये १२ हजार खोप बचेकाले भोली वीरगंजका ३२ वटा वडाको लागि ५ केन्द्र र १३ वटा अन्य पालिकामा यो खोप लगाउने कार्यक्रम तय भएको बताउनुभयो । वीरगंजको स्वास्थ्य कार्यालय पिपरा, बगही, नगवा, नारायणी अस्पताल, श्रीपुर स्वास्थ्य केन्द्रमा यो खोप लगाइनेछ भने १३ वटा अन्य पालिकामा सुविधा अनुसार खोप लगाइनेछ ।

जानसिन खोप ४५ वर्षमाथिका सबैले लगाउन पाइन्छ भने बिहीवार र शुक्रवार भेरोसिल खोप १४ वटा पालिकाका वडाका स्वास्थ्य केन्द्रबाट लगाइने तयारी छ । भेरोसिल ५५ वर्षमाथिका सबैले लिन पाउनेछन् । पर्सामा हालसम्म ४० हजारजनाले पूर्ण खोप लगाइसकेका छन् ।

पर्साको कुल ७ लाख २३ हजार ३०४ जनसङ्ख्यामध्ये कोभिशिल्डको पहिलो मात्रा लिनेमा ३७ हजार एक सय ३०, दोस्रो मात्रा लगाएका ९२६४ जना रहेका छन् । कोभिशिल्डको दोस्रो मात्रा लिनेहरू २७ हजार बाँकी रहेका छन् । त्यसैगरी, भेरोसिलको पहिलो मात्रा ८६३४, दोस्रो मात्रा लिएका ८ हजार १२ र जानसिन खोप २३ हजार २२० जनाले लिएका छन् ।

जोनसन एण्ड जोनसन एउटै मात्रा लिए पुग्ने खोप हो । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको चार महीना बितिसक्दा पनि खोप नआएकोले पहिलो मात्रा लगाउनेहरू चिन्तित छन् । तर सरकारले जिल्लाबाट तथ्याङ्क लिइसकेको र भारतले पठाएपछि उपलब्ध गराउने जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन