सिम्रौनगढ नगरपालिका अन्तरगतका सामुदायिक बिद्यालयहरु भोलि देखि सन्चालनमा आउने
रामेश्वर मेहता
सिम्रौनगढ,१९ साउन । बाराको सिम्रौनगढ नगरपालिका अन्तरगतका सामुदायिक बिद्यालयहरु भोलि देखि सन्चालनमा आउने भएका छन् । कोभिड संक्रमण र निषेधाज्ञाका कारण करिब ३ महिना देखि बन्द रहेका विद्यालयहरु भोलि देखि सन्चालनमा आउने भएका हुन् ।
आज सिम्रौनगढमा सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेलाले भोलि देखि बिद्यालय संचालन गर्ने निर्णय गरेको हो ।
भेलालले भोलि साउन २० गतेगते देखि सिम्रौमगढ नगरपालिका अन्तरगतका सबै समुदायिक,धार्मिक बिधालयहरु संचालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा संयोजक नुराजम सिद्धकीले जानकारी दिनुभयो । यसरी नै साउन महिना भित्र छात्रबृत्ति समेत बितरण गर्ने निर्णय पनि आजको भेलाले गरेको छ ।