अघोषित लोडसेडिङ्गको अन्त्य नभए आन्दोलनमा उत्रिने निजगढ नगर उद्योग वाणिज्य संघको चेतावनी




वीरगन्ज,१९ साउन । बाराको निजगढ नगर उद्योग वाणिज्य संघले नगरपालिका क्षेत्रमा केही दिन यता अघोषित रुपमा गरिएको लोडसेडिङ्गको अन्त्य नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले निजगढमा केही दिन यता हुँदै आएको अघोषित लोडसेडिङ्ग विरुद्ध विद्युत प्राधिकरण उपवितरण केन्द्र निजगढमा ज्ञापन पत्र बुझाउँदै लोडसेडिङ्गको अन्त्य नभए आन्दोलन गर्ने चेतावनी दिनु भएको हो ।

अध्यक्ष नेपालको नेतृत्वमा गएको संघको टोलीले उपवितरण केन्द्रका प्रमुख पुष्पेश्वर साहलाई ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष नेपालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा केही दिन यता बढदै गएको अघोषित लोडसेडिङ्ग प्रति ध्यानाकर्षण भएको र यसबाट निजगढ क्षेत्रका व्यापारी, व्यवसायी र सर्वसाधारण समेत अति प्रभावित बनेको बताइएको छ ।

त्यसैगरी संघले जथाभाबी बिजुली काटिदा विद्यार्थी, बिरामी र किसान समेत मार्कामा परेको र यसको कारण पत्ता लगाएर न्युनीकरणको लागि तत्काल पहल गर्नु पर्ने अन्यथा अघोषित लोडसेसडिङ्ग अन्त्यको लागि प्राधिकरण विरुद्ध आन्दोलनमा उत्रिन संघ बाध्य हुँने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण