आज देशका धेरैजसो ठाउँमा पानी पर्ने




वीरगन्ज,२० साउन । आज देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र २ का केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ । अहिले प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा पानी परिरहेको छ ।

भोलि भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसमविद्ले अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने बताएका छन् । यतिबेला देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण