अफगानिस्तानका रक्षामन्त्रीको निवासमा कार बम विष्फोट, चारको मृत्यु,




एजेन्सी,२० साउन । अफगानिस्तानमा बिद्रोही समुह तालीवानले रक्षा मन्त्रीको निबासमा गराएको कार बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनाका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहमदी भने घरमा नरहेकाले बच्न सफल हुनुभएको छ ।

घटना लगत्तै रक्षामन्त्री मोहमदीको परिवारलाई सकुशल उद्धार गरिएको छ । रक्षामन्त्रीको निवास परिसरमा बिस्फोट पदार्थ सहतिको कार बिस्फोट भएको जनाइएको छ ।बिस्फोटबाट दर्जनौ सवारी साधन ध्वस्त भएका छन् ।

सोही समय भएको गोली हानाहानमा चार आक्रमणकारी पनि मारिएका छन् ।यसैबीच संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले अफगानिस्तानमा जारी हिंसा तत्काल अन्त्य गर्न आब्हान गरेको छ ।

अफगानिस्तानमा जारी संघर्षकाबीच चेपुवामा परेका जनता राजधानी काबुल र लश्करगाह शहरका सडक र घरका छानामा बसेर देशमा जारी हिंसा अन्त्य गर्न भवगानलाई पुकार्न थालेका छन् ।उनीहरुले एकसाथ आफना घर घरका छानामा बसी भगवानको नाम लिन थालेका छन् । अफगानिस्तानमा पछिल्लो समय आक्रमणका घटना दिनानु दिन बढ्दै गईरहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग