नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३५ जनाको मृत्यु
वीरगन्ज,२० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १६ हजार २ सय ९८ जनाको स्वाब नमुना परिक्षण गर्दा ४ हजार १ सय ७ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३ सय ५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९ सय ४४ जनाको परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल हाल कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ पुगेको छ ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ छ। मन्त्रालयका अनुसार आज थप १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।