वीरगन्ज नाकामा १ हजारलाइ राख्न सक्ने क्षमताको व्यवस्थित होल्डीङ सेन्टरको निर्माण जारी




वीरगन्ज,२१ साउन । कोरोना महामारीमा क्वारेन्टीइन सेवा दिने उद्देश्यले वीरगञ्ज १६ इनर्वा स्थित वीरगञ्ज भन्सार परिसरमा एक हजार जनालाई राख्न सक्ने क्षमताको होल्डीङ सेन्टर निर्माण भइरहेको छ ।

वीरगन्ज सहित देशका प्रमुख १० नाकामा सरकारले होल्डीङ सेन्टर निर्माण गर्न थालेको हो । वीरगन्ज नाकामा पनि वीरगन्ज भन्सारको गोदाम रहेको खाली जग्गामा १ हजार जनालाइ राख्न सक्ने क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न थालिएको हो ।

नेपाल सरकारले पठाएको २८ करोड रुपैयाको लागतमा व्यवस्थित होल्डङ सेन्टर निर्माण भइरहेको होल्डीङ सेन्टरको व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले जनाएको छ । कोरोना लगायत अन्य संक्र्रामक महामारीको बेला भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिनेहरूलाई सीमा नाकामै स्वास्थ्य परीक्षण पछि , होल्डीङ सैनटरमा १० देखि १४ दिनसम्म राख्न सकिने बताइएको छ ।

होल्डीङ सेन्टरमा एक हजार जनालाई खान, बस्न र चिकित्सा सेवा निशुल्करूपमा उपलब्ध गराइने बताइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन