पर्साको पर्सा गढी नगरपालिकालगायत ग्रामीण भेगमा लामखुट्टेको प्रकोप देखा परे तापनि स्थानीय निकायले चासो नदेखाएको नगरवासीहरुले गुनासो




प्रमोद यादव
पर्सा,२२ साउन । पर्साको पर्सा गढी नगरपालिकालगायत ग्रामीण भेगमा लामखुट्टेको प्रकोप देखा परे तापनि स्थानीय निकायले चासो नदेखाएको नगरवासीहरुले गुनासो गरेका छन् । अत्यधिक गर्मी तथा वर्षाको कारण पर्साका ग्रामीण भेगमा विगत केही वर्षदेखि लामखुट्टेको प्रकोप बढेको हो । ग्रामीण भेगमा भाइरल ज्वरोको साथै लामखुट्टेको प्रकोप बढेपछि स्थानीयवासी त्रसित छन् । लामखुट्टेको कारण पुनः डेङ्गु रोग लाग्ने भन्दै स्थानीयवासीले गुनासो गरे । डेङ्गु रोगको जोखिम न्यूनीकरणको लागि पर्साका कुनै पनि स्थानीय निकायले चासो देखाएका छैनन् । लामखुट्टे नियन्त्रण गर्न औषधि छर्नेलगायतका काम पनि नगरेको स्थानीयवासीले बताएका छन् । फोहर पानी जम्मा हुने स्थान वा फोहरवस्तु नष्ट गर्ने कार्य तथा लामखुट्टेबाट हुने रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने पर्सागढी नगरपालिका–३ निवासी दिनदयाल दाहालले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण