लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति
प्रमोद यादव
पर्सा,२२ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बैरियामा बस्ने धुरन साह तेलीको घरमा आज बिहान आगलागी भएको छ । आज विहान ३ बजे लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय सन्जीत कुमार यादवले बताउनुभयो ।

आगलागीबाट प्रमिला देवी सामान्य घाइते भएको र उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । आगलागीमा परेर एउटा भैसी जलेर मृत्यु भएको र २ वटा भैसी गम्भीर घाइते भएको पनि यादवले जानकारी दिनुभयो । आगलागीबाट ३ लाख बराबरको क्षति भएको र आगलागी स्थानीयको सहयोगमा आज बिहान ५ बजे नियन्त्रणमा लिइएको यादवले जानकारी दिनुभयो ।
