विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजबाट सुरु
वीरगन्ज,२२ साउन ।कोरोना संक्रमण विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजबाट सुरु भएको छ । देशभर करिब २० लाख जनालाई आजबाट भेरोसेलको दोस्रो डोज खोप लगाउने अभियान संचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देखि काठमाडौं उपत्यकाका साथै बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा अभियान संचालन गरिएको छ् ।
त्यस्तै, अन्य प्रदेशमा केही दिनमा मिति तोकिने राष्ट्रिय खोप अभियानका संयोजक डा. झलक गौतमले बताउनुभयो ।त्यस्तै, ६५ वर्ष उमेर समुह माथिका जेष्ठ नागरिकका लागि अस्ट्राजेनका खोपको दोस्रो डोज लगाउने अभियान आगामी सोमबारबाट सुरु हुने भएको छ ।
गत फागुन २३ देखी चैत १०सम्म संचालन गरिएको कोभिसिल्ड खोप अभियानमा पहिलो डोज लगाएकाहरुका लागि दोस्रो डोज लगाउने अभियान सोमबारबाट सुरु गरिने डा. गौतमले बताउनुभयो ।
कोभिसिल्ड खोपको पहिलो डोजको खोप अभियानमा सहभागी हुनेको संख्या करिव १३ लाख ६८ हजार छ ।भुटानले पैंचो स्वरुप उपलब्ध गराएको े ३ लाख तथा जापानले अनुदानमा दिन लागेको १६ लाख डोज खोप सोमबारबाट सुरु हुने अभियानमा प्रयोग गरिने छ ।