आज सुनको भाउ १५ सय रुपैयाँले घट्यो




वीरगन्ज, २४ साउन । हप्ताको पहिलो दिन आज सुनको भाउ १५ सय रुपैयाँले घटेको छ ।
अस्ति शुक्रवार तोलामा ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १५ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति पनि सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको थियो ।
महासङ्घका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । सुनमा लगानी घट्दा भाउ पनि घट्न पुगेको विश्लेषण गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँ छ ।अस्ति चाँदी तोलामा १२ सय ६५ रुपैयाँ थियो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग