भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदै




एजेन्सी ,३१ साउन । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदैछ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको थियो ।

भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो ।स्वतन्त्रता र मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । भारतको लालकिल्लामा विशेष समारोह गर्ने गरिन्छ ।
यसअघि हिजो पाकिस्तानले ७५औं स्वतन्त्रता दिवस मनाएको छ । त्यसअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी १४ अगस्ट अर्थात भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताउनुभएको छ ।
नेपालस्थित भारतीय दूतावासले पनि आज विभिन्न कार्यक्रम गरेर दिवस मनाउने जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग